घृणा होइन, माया बाँडौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    घृणा होइन, माया बाँडौ

    गाेरा मियाँ

    १० भाद्र २०७७, बुधबार

    विसं २०३५ सालसम्म जुनसुकै बिरामीको उपचार रुखको बोक्राहरुको ढुटो बनाई वैद्यको परामर्श अनुसार गर्ने चलन थियो । धेरै जडिबुटीहको लहरा र जरा पिनेर विभिन्न बिरामीको उपचार आयुर्वेद पद्धतिद्वारा वैद्यहरुले निको पारिदिन्थे । उतिबेला पनि धेरैथरीका रोगबाट मानिसहरु ग्रसित बन्ने गरेका थिए । त्यतिबेला रोग पत्ता लगाउने यन्त्र र डाक्टरहरुको कमी थियो । पर्याप्त औषधि उत्पादन नभएको बेलामा वैद्यहरुले नाडी छामेर रोग पत्ता लगाई रसादी औषधोपचारबाट रोग सन्चो पारेको धेरै उदाहरण छन् । जबकी त्यसबेला उपचार माध्यम नभएकाले कुष्ठरोगले च्यापी पीडित व्यक्तिलाई गाउँबस्तीको किनारमा खर र स्याउलाको झुप्रो बनाएर राख्ने चलन थियो । परिवर्तित समयले मानवीय जीवनमा लाग्ने तीन हजार रोगहरुको पहिचान गर्ने उपकरण साथै डाक्टरहरु अहिले पर्याप्त मात्रामा छन् । अहिले बिरामी हुने बित्तिकै कुन रोग लागेको छ भन्ने तुरुन्त पत्ता लाग्न सक्छ । हालसम्म मानवीय संवेदनामा जति प्रकारका रोग उत्पन्न भए सबै रोगको निवारणमा चिकित्सक विज्ञानले सफलता हासिल गरेको छ । एक युगमा एक दिन एकपटक आउँछ भन्ने भन्ने कथन नै रहेको छ, त्यसलाई सावित गरेको छ कोभिड–१९ को महामारीले । नेपालमा पनि कोरोनाले तीन करोड नेपालीलाई त्रसित बनाइरहेको छ । कोरोना लागेका अधिकांश क्वारेन्टिन, होम क्वारेन्टिन र आइसोलेशनमा रही उपचाररत छन् । अधिकांश निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सन्चो भएका व्यक्तिलाई घरपरिवार र टोल छिमेकीले आत्मबल बढाउने र उर्जा थप्न प्रेरणा दिन सक्नुपर्छ । समाजले अपहेलना गर्ने भनेको आफैलाई लज्जाबोध गर्नु सरह हो । कोरोना संक्रमितलाई घृणा होइन माया गरौं । रोग जो कोहीलाई लाग्न सक्छ, उपचार भन्दा ठूलो उ प्रति गरिने व्यवहारले महत्व राख्ने गर्दछ । सबैको प्रेम भावनाले उच्च मनोबल बढ्ने हुँदा रोग आफै निको हुँदै जान्छ । नेपालमा कोरोना लागेकाहरु सबैको स्वास्थ्य सुधार हुँदै गइरहेको छ र हुने क्रममा छ । त्यसकारण आत्तिनुपर्ने कुनै कारण छैन । एकले अर्कालाई साथ सहयोग गरी सतर्कता अपनाउने हो भने रोग लाग्ने होइन भाग्नेछ । कोरोना लागेका र कोरोना लागेकाको उपचारमा खटिएकाहरुलाई कही कतै समाजबाट हेयको दृष्टिले हेर्ने गरेको पनि पाइएको छ । त्यस्तो गर्नु गलत हो । संक्रमितलाई घृणा होइन माया बाड्न आवश्यक छ ।