खबरपुञ्जको एक वर्षे यात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    खबरपुञ्जको एक वर्षे यात्रा

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७८, मंगलवार

    पहिलो चरणमा फैलिएको कोरोना भाइरसको जोखिमले पत्रपत्रिका प्रकाशन भएपनि पाठकको हात–हातमा पु¥याउन चुनौती थियो । पत्रपत्रिकाको विकल्प बन्दै थिए अनलाइन पत्रिका । घरमै बसेका ग्राहकलाई सुसुचित बनाउनु थियो । इन्टरनेटको पहुँचमा भएका पाठकलाई हर प्रहर खबर सम्प्रेषण गर्न तनहुँमा अनलाइन पत्रिकाको आवश्यकतालाई मध्यनजर गर्दै गत वर्ष आजकै दिन साउन ५ देखि हामीले खबरपुञ्ज डटकम सञ्चालनमा ल्याएका थियौँ ।

    यो एक वर्ष हाम्रो लागि परीक्षा थियो । पास फेल छुट्याउने जिम्मा पाठक वर्गकै हो । यो अवधिमा हामीलाई रचनात्मक तवरले साथ दिने हाम्रा पाठकवर्ग, विज्ञापनदाता, सञ्चारकर्मी मित्रहरु, शुभेच्छुक, शुभचिन्तक सबैमा हार्दिक आभार प्रकट गर्दछौँ । गन्तव्य हाम्रो धेरै पर छ । सदैव तपाईहरुको साथ पाउने अपेक्षामा छौ । ‘निष्पक्ष र विश्वसनीय खबरको संगालो’ भन्ने मूल मन्त्रमा हामी जहिले केन्द्रित हुनेछौ । विकृति, विसंगति विरुद्धको खबरदारी हाम्रो मूल धर्म हो । निरन्तर तपाईसँगै हामी हुनेछौ खबर सम्प्रेषणको माध्यमबाट समाज रुपान्तरणको अभियानमा ।

    – सम्पादक