अब हाम्रो स्वास्थ्य एपमै कोरोना ट्रेसिङ फिचर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    अब हाम्रो स्वास्थ्य एपमै कोरोना ट्रेसिङ फिचर

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, बिहीबार

    काठमाडाै : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ अपडेट मार्फत हाम्रो स्वास्थ्य एपमा ट्रेसिङ फिचर राखेको छ । कन्ट्रयाक्ट ट्रेसिङ्गमा सहयोग पुग्ने उदेश्यले ब्लुटुथ ट्रेसिङ फिचर राखिएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगकर्ताको गोपनियताको ख्याल गरी कोरोना ट्रेसिङ फिचर एपमा राखेको छ । यसमा प्रयोगकर्ताले आफ्नो स्वास्थ्यको स्व मुल्यांकन गर्न सक्ने सुविधा रहेको छ । 

    स्व मुल्यांकनका आधारमा मन्त्रालय मातहतका विज्ञ स्वास्थ्यकर्मीले सम्भावित संक्रमणको लक्षण भएका प्रयोगकर्तालाई फोनमार्फत थप सल्लाह सुझाव तथा आवश्यक परे नजिकैको स्वास्थ्य संस्थासम्म जाने प्रवन्धको व्यवस्था समेत हुनेछ । प्रयोगकर्ताले मोबाइलको एप खोलेपछि ब्लुटुथ ट्रेसिङ खुल्ला गर्न अनुरोध गर्छ ।  प्रयोगकर्ताले अनुमति दिएपछि मोबाइल एपले ब्लुटुथ ट्रेसिङ सुरु गर्नेछ ।

    यो एपले १० मिटर भित्रको दुरीमा रहेका ब्लुटुथ उपकरणहरुको हार्डवेयर परिचय नम्बर (म्याक आइडी)  संकलन गर्छ र  संकलित म्याक आइडी ती उपकरणहरुको ब्लुटुथको मात्र हो ।

    यसले मोबाइल नम्बर वा मोबाइल उपकरणको आइडी संकलन गर्दैन, प्रयोगकर्ता कहाँ बाट कहाँ गयो, कसलाई भेट्यो, कति समय सो व्यक्तिको नजिक रह्यो जस्ता विवरण संकलन नहुने बताइएको छ । यसले प्रयोगकर्ता कतिवटा ब्लुटुथको उपकरणको नजिक कतिसमय रह्यो मात्र संकलित हुन्छ जसले गर्दा उक्त उपकरणको परिचय आइडीको आधारमा व्यक्तिको पहिचान खुल्दैन । यसले गर्दा ब्लुटुथ ट्रेसिङ जीपीएस वा मोबाइल फोनको सिग्नल ट्रयाकिङ्गको तुलनामा प्रयोगकर्ताको गोपनियतामैत्री मानिन्छ । 

    यसरी संकलन भएको म्याक आइडी ‘हाम्रो स्वास्थ्य’ प्रयोगकर्ताको उपकरणमा मात्र संकलित हुन्छ र यो १४ दिनपछि आफै मेटिएर जान्छ ।  यदि कुनै व्यक्तिलाई संक्रमण भएको खण्डमा उसले हाम्रो स्वास्थ्य एप मार्फत् ब्लुटुथ ट्रेसिंग प्रयोग गरेको भए वा एप प्रयोग नगरेको भए पनि ब्लुटुथ खुल्ला गरेको रहेछ र सो आइडी अन्य हाम्रो स्वास्थ्य प्रयोगकर्ताको ब्लुटुथ सम्पर्कमा आएको रहेछ भने स्वास्थ्य मन्त्रालयका प्राविधिकहरुले हाम्रो स्वास्थ्यको ड्यासबोर्डमा गएर संक्रमितको ब्लुटुथ आइडी सर्भरमा सूचीकरण गर्न सक्ने छन् ।

    ब्लुटुथको ट्रेसिङ बन्द गरेका उपकरणहरुमा अपडेट चेक आइरहन्छ । यसले सर्भरमा कुनै संक्रमित नयाँ ब्लुटुथको डिभाइस आइडी अद्यावधिक छ वा छैन भनेर चेक पनि गर्छ।

    यदि सर्भरमा रहेको कुनै डिभाइस आइडी प्रयोगकर्ताको मोबाइल उपकरणमा संकलित डिभाइस आइडीसँग मेल खाएमा त्यो डिभाइस आइडी आफ्नो हो कि हैन भनेर पहिचान गर्दछ ।

    त्यसपछि मात्रै आफ्नो उपकरणमा संकलित डिभाइस आइडीहरुसंग दाजिन्छ । त्यसपछि मोबाइल एपले  सर्भरमा आफ्नो लगमा रहेका सम्पूर्ण आइडीहरुलाई पठाउँछ । यतिबेला मात्र प्रयोगकर्ताको मोबाइलको परिचय नम्बर र फोन नम्बर सर्भरमा जाने जनाइएको छ ।