प्रविधिकाे सदुपयाेग गराै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    प्रविधिकाे सदुपयाेग गराै

    गाेरा मियाँ

    १० भाद्र २०७७, बिहीबार

    आधुनिक प्रविधि उपकरणले विश्वभर धेरै फड्को मारेको छ । विकास उन्मुख राष्ट्रका बहुआयाम कम्पनीले उत्पादन गरेका स्मार्ट मोवाइलहरु विश्व बजारमा छ्यापछ्याप्ती पाइने गर्दछन् । उत्पादन अनुसारका महङ्गो महङ्गो मोवाइल सर्वसाधारणको हात हातमा छ । पन्ध्रसयदेखि दुई लाख भन्दा बढीको मोवाइल नेपालीले प्रयोग गर्ने गरेको पाइन्छ । आफ्नो देशमा उत्पादन नभएपनि विकसित देशले तयार गरेको उपकरणको विक्री केन्द्र मध्ये नेपाल पनि पहिलो पंक्तिमा पर्ने गर्दछ । मोवाइलको माध्यमबाट विश्वलाई एकैठाउँमा ल्याउन सहयोग पुगेको छ । मोवाइलले एउटा पक्षबाट सकारात्मक सन्देश पनि दिएको छ भने अर्कोतर्फ नकारात्मकतर्फ पनि डो¥याएको छ । जसले गर्दा हत्या, हिंसा, बलात्कार, लुटपाट लगायत जघन्य आपराधिक गतिविधिलाई प्रोत्साहित गर्ने गरेको छ । मूलत हरेक मानिसको मनस्थिति फेरिने हुँदा असल र खराबको भागिदार स्वयंमले बेहार्नपर्ने बाध्यता हुने गर्छ । आधुनिक प्रविधि प्रयोगले १५ वर्षदेखि २५ वर्ष ४० र ५५ वर्ष उमेरसम्मका अपरिचित महिला र पुरुषलाई परिचित गराउने माध्यम मोवाइल बन्दै गएको छ । शुरुमा परिचयात्मक हुँदै गर्दा बिस्तारै दुःख पीडा र समस्याका संवाद, आपसी समझदारी अनुरुप सुल्झाउने शर्तहरुमा नजिक भएका हुन्छन् । क्रमिक रुपमा सकारात्मक मानवीय भावना दरिलो बन्दै गएपछि कही कतै खटपट विवाद सिर्जना शुरु हुने गर्छ । प्रलोभन र स्वार्थमा जमेका सम्बन्ध शिशाझै फुटेर चकनाचुर भएको पनि पाइन्छ । महत्वांकाक्षी बढेपछि दुवै पक्षले न त पूर्ति गर्न सक्छन् न चुक्ता । त्यसैले विकल्पको खोजीमा अहिले धेरै षड्यन्त्रकारी हत्या हुने क्रम बढिरहेको छ । हरेक दिन मुलुकमा यस्ता बर्बर र कु्रर घटनाहरुले स्थान पाउँदै गएको छ । जुनसुकै मोवाइल प्रयोगकर्ताले प्रविधिलाई दुरुपयोग नगरी सदुपयोग गर्नेतर्फ ध्यान दिनुपर्छ ।