अस्पताल सेवामूलक बन्न जरुरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    अस्पताल सेवामूलक बन्न जरुरी

    गाेरा मियाँ

    १३ भाद्र २०७७, शनिबार

    मुलुकभर रहेका स्वास्थ्य सेवा केन्द्रहरुलाई आम मानिसले सेवामूलक रुपमा नियाल्ने गर्दै आएका छन् । चिकित्सकलाई बिरामीहरुले भगवानरुपी मान्छन् । बिरामीको सेवामा २४ सै घण्टा खटिएर सेवा प्रदान गर्ने नर्सलाई आफ्नै दिदीबहिनी सरह मान्ने चलन रहेको छ । जुनसुकै रोगले च्यापेका बिरामी अस्पताल पुग्ने गर्दछन् । चिकित्सकले चेकजाँच गरेसँगै अब मलाई सन्चो हुन्छ भन्ने बिरामीको मनोबल २५ प्रतिशतले बढेको हुन्छ । खानपिनमा ध्यान दिन सके २५ प्रतिशत बिमारमा कमी आउन सक्छ । औषधि प्रयोगले ५० प्रतिशत निको पारी रोग बढ्न दिँदैन भन्ने चिकित्सकको भनाई रहने गरेको छ । जसले गर्दा बिरामी छिट्टै सन्चो हुने गरेका छन् । कतिपय अस्पतालहरु सेवामूलक नाउँमा खोलिएका छन् । स्वास्थ्यकर्मीको लापरवाहीले बिरामी ठिक हुनुको सट्टा झनै ग्रस्त भई ठूलो रकम खर्चिनुपर्ने अवस्था समेत सिर्जना भएको छ । सेवामूलक व्यवसाय हुनुपर्नेमा अधिकांश अस्पतालहरु व्यवसायमूलक बन्दै गएका छन् । न्यून आय भएका गरिब जनतालाई उपचार खर्च जुटाउन पनि धौ धौ परेको छ । गरिबले ऋण काढेर रकम जम्मा गरी जँचाउन आउँदा रोग के लागेको छ कतिपय बिरामीलाई थाहा हुँदैन । चेकजाँच गरेको फारम औषधालयमा बुझाएपछि मात्र एक प्लाष्टिक झोलाभरि औषधि बिरामीलाई भिडाउने गरिन्छ । त्यसले लागेको बिमार ठिक हुनु त परै जाओस् अरु धेरै बिमार जन्माइदिन्छ । त्यसकारण आम नेपाली जनताको आशाको केन्द्र रहेको अस्पताल र स्वास्थ्यकर्मीले पीडादायी रोगीको स्वास्थ्य सुधार हितमा उपचार विधि अपनाउने हो भने रोगीले राहत पाउन सक्छन् । कम खर्च र उचित उपचारमा सेवा दिन सक्ने अस्पताल प्रशासनले गम्भीर भई व्यवस्थापन गर्न सके सबैखाले रोगीको धन्यवादको पात्र अस्पताल र स्वास्थ्यकर्मी बन्न सक्छन् ।