काेराेना सङ्क्रमणबाट आमा छाेराकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश १

    काेराेना सङ्क्रमणबाट आमा छाेराकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, आईतवार

    धरान : कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका १७ स्थित रेल्व चोकमा आमा-छोराको मृत्यु भएको छ । उनीहरूको आइतबार उपचारका क्रममा बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो।

    मृत्यु हुनेमा ७४ वर्षीय कान्छी आमा (सौतेनी आमा) र ६० वर्षीय छोरा रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयाे। मधुमेह र उच्च रक्तचापका बिरामी रहेका दुबैलाई शनिबार मात्र उपचारका लागि प्रतिष्ठान भर्ना गरिएको थियो ।

    उनीहरुको दाहसंस्कारका लागि व्यवस्थापन भइरहेको धरानका मेयर तिलक राइले बताउनुभयाे । धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि धरान १५ का दुई पुरुष र एक महिलाको निधन भएको थियो ।