कोरोनाविरूद्धको चिनियाँ खोप थप ४ देशमा परीक्षण गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    कोरोनाविरूद्धको चिनियाँ खोप थप ४ देशमा परीक्षण गरिने

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    एजेन्सी : कोरोना भाइरसविरूद्ध चीनले तयार पारेको खोप थप ४ देशमा परीक्षण हुने भएको छ । चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार थप चार देशले कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमती दिएको बताएका छन् ।

    सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणका लागि सहमत हुने देशको सूचीमा समावेश छ भने अन्य दुईले कम्पनीबाट थप डाटा माग गरिएको बीबीसी हिन्दीले जनाएको छ । सिएनबीजीको तेस्रो चरणको ट्रायलमा १० देशका करिब ५० हजार मानिसहरु समावेश हुने अपेक्षा गरिएको छ । यसअघि संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा यसको ट्रायल सुरु भइसकेको छ ।