बिहानै नखानुस् यी खानेकुरा, जसले स्वास्थ्यमा हानी पुर्याउँछ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    बिहानै नखानुस् यी खानेकुरा, जसले स्वास्थ्यमा हानी पुर्याउँछ

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७७, मंगलवार

    एजेन्सी : बिहान उठेपछि खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने गर्छ । यस्तो अवस्थामा बढी एसिडिटीयुक्त खानेकुरा खाँदा शरीरको पाचनशक्तिमा गढबढ आउँनसक्छ ।

    थाहापाउनुस् विहान खाली पेटमा खान नहुने यी चीज

    ग्रीन टी वा चिया

    धेरैजसो व्यक्ति विहान उठेपछि ग्रीन टी वा चिया पिउने गर्छन् । यसले स्वास्थ्यमा नराम्रो असर पर्छ । चियामा रहेको कैफीन तत्वबाट शरीरमा एसिडको मात्रा बढ्न जान्छ र यसले पाचनशक्तिमा समस्या गर्छ ।

    गोलभेँडा

    गोलभेँडामा अत्याधिक एसिड हुन्छ । यसले एसिडिटीको खतरा बढाउँछ । त्यसैले विहान उठ्ने वितिकै गोलभेँडको परिकार नखाँदा राम्रो ।

    दुध

    दुधमा सैचुरेटेड र प्रोटिनको मात्रा बढी पाइन्छ । यसले पेटको मांसपेशीलाई कमजोर बनाउँछ । विहान खाली पेटमा दुध पिउँदा खोकीको समस्या हुनसक्छ । साथै बिहान दुधबाट बनेका उत्पादन पनि सेवन गर्नु हुँदैन ।
    बिहानै दही पनि खानु राम्रो होइन । दहीबाट पेटमा हाइड्रोक्लोरिक एसिड बढ्ने गर्छ । र, यसमा भएको ल्याक्टिक एसिडबाट ब्याक्टेरियालाई नष्ट गर्छ ।

    केरा

    तौल बढाउनको लागि प्रायः मानिस केरा खाने गर्छन् । बिहान उठेर केरा खाँदा यसले शरीरको पाचनप्रक्रिया बिग्रने खतरा हुन्छ । बिहान केरा सेवन गर्दा क्यालसियम र म्याग्नेशियमको सन्तुलन बिग्रन्छ ।