बेलचौताराका सङ्क्रमितको टोलमा ८ घर सिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    बेलचौताराका सङ्क्रमितको टोलमा ८ घर सिल

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा–५ बेलचौताराका ५९ वर्षीय पुरुषलाई शुक्रबा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको टोल सिल गरिएको छ । उनी बस्दै आएको ज्ञानज्योति टोलको ८ घर सिल गरिएको वडाध्यक्ष दीर्घबहादुर थापाले जानकारी दिनुभयो । दुलेगौडाका दुई सुनचाँदी पसल पनि सिल गरिएको छ ।

    सङ्क्रमितको सम्पर्कमा आएका परिवारका सदस्यको पिसीआर परीक्षणका लागि आइतबार स्वाब सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष थापाका अनुसार सङ्क्रमित व्यक्ति पिसाब रोकिने र ज्वरोको समस्या आएपछि उपचारका लागि बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको फिभर क्लिनिक पुगेका थिए । उनको पिसीआर परीक्षण गर्दा कोरोना देखिएको हो ।

    यस्तै बिहीबार शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माविको सटरलाइनमा फलफूल पसल सञ्चालन गर्दै आएकी ३० वर्षीया महिलालाई पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि सटरलाइनको ३८ पसल पनि सिल गरिएको छ ।