भीमाद र आँबुखैरेनीमा थपिए दुई सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    भीमाद र आँबुखैरेनीमा थपिए दुई सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिका र आँबुखैरेनीमा दुई जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार भीमाद नगरपालिका–६ का २० वर्षीया महिला र आँबुखैरेनी गाउँपालिका–३ का ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।