यी हुन् नागिलाको कार्यकालमा म्याग्देमा भएका उदाहरणीय काम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    यी हुन् नागिलाको कार्यकालमा म्याग्देमा भएका उदाहरणीय काम

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला ३ सय ६४ दिनको बसाइपछि सरुवा भएर गृहमन्त्रालय जानुभएको छ । गत वर्षको भदौ ३० गते गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा नागिला म्याग्दे आउनुभएको थियो ।

    गाउँपालिकाले आइतबार नागिलालाई एक कार्यक्रमका बीच विदाई ग¥यो । गाउँपालिकाका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे लगायत जनप्रतिनिधि र कर्मचारीले नागिलालाई विदाई गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

    गाउँपालिकाबाट विदाई भएसँगै नागिलाले खबरपुञ्ज डटकमसँग कुराकानी गर्दै म्याग्देमा राजनीतिक सहमतिमा नै हरेक निर्णय हुँदै आएको बताउनुभयो । विकासमा कुनै राजनीति नभएको बताउँदै नागिलाले भन्नुभयो, “जनप्रतिनिधि पनि सुझबुझ निर्णय गरेर गाउँपालिकाको विकासमा अग्रसर भएको पाएँ ।”

    यी हुन् केही उदाहरणीय काम

    नागिलाको कार्यकालमा गाउँपालिकाका केही उदाहरणीय काम भएको छ । जनप्रतिनिधि निर्वाचित भएर आएको लामो समयसम्म पनि केन्द्र निर्धारण हुन नसकेकामा यही बीचमा गाउँपालिकाको केन्द्र तोकिएको छ । गाउँपालिकाले निर्धारण गरेको केन्द्रमा प्रमुख प्रशासकीय भवन बनाउन जग्गा व्यवस्थापनको काम भएको छ ।

    साथै तीन वटा स्वास्थ्य संस्थाको भवन निर्माण शुरु गरिएको छ । नागिलाले वडा नं ३, ५ र ७ मा स्वास्थ्य संस्थाको भवन सम्पन्न हुने अवस्थामा रहेको जानकारी दिनुभयो । वडा नं २, ४ र ६ मा यस अगाडी नै भवन निर्माण भइसकेको थियो भने वडा नं १ मा निर्माण गर्न बाँकी छ ।

    नागिलाकै कार्यकालमा वडा नं १ र ५ को वडा कार्यालय भवन निर्माण शुरु भएको थियो । जुन हाल निर्माणाधीन अवस्थामा छ भने दुई वडा कार्यालय भाडामा सञ्चालनमा छ । वडा नं ४ र ६ को भवन निर्माणका लागि जग्गा व्यवस्थापन भएर बजेट विनियोजन भइसकेको नागिलाले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय भवन र बाँकी रहेका वडा कार्यालयको भवन निर्माणका लागि बजेट स्वीकृती भइसकेको छ ।

    नागिलाको कार्यकालमा गाउँपालिकालाई सेवाग्राहीमैत्री बनाउने प्रयासको थालनी गरिएको छ । जसअनुसार हरेक वडा कार्यालयमा नागिरकमैत्री सहायता कक्ष स्थापना गरिएको छ । उक्त सहायता कक्षबाट सेवाग्राहीलाई निवेदन लेख्ने र सो निवेदनसँग आवश्यक पर्ने सम्पूर्ण कागजातहरु निःशुल्क रुपमा फोटोकपी गर्ने व्यवस्था मिलाइएको छ । गाउँपालिकामा सबै कर्मचारीको दरबन्दी पदपूर्ति गरिएको छ ।

    “समग्रमा मैले मेरो कार्यकाल पूर्ण रुपमा सफल भएको अनुभूति गरेको छु, कार्यकाल अवधिमा जनप्रतिनिधि, राजनीतिक दल, सङ्घसंस्था लगायत सबैले सहयोग गर्नुभयो,” नागिलाले भन्नुभयो ।

    Image may contain: 3 people, including Pradip Neupane and Hari Nagila

    कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि व्यवस्थापनमा कुनै कसर बाँकी नराखिएको, जनताको अपेक्षा अनुसार नै पिसीआर परीक्षणको व्यवस्था मिलाइएको छ । विदेशबाट आउने नागरिकलाई राख्नका लागि विद्यालयमा क्वारेन्टिन व्यवस्थापन लगायतका काममा नागिलाको भूमिका प्रशंसनीय रहेको गाउँपालिकावासी बताउँछन् ।

    चुनौति

    गाउँपालिकामा फोहरमैला व्यवस्थान केन्द्र नहुनु चुनौतिको रुपमा रहेको नागिलाको अनुभव छ । विविध कारणले आफ्नो कार्यकालमा उक्त काम हुन नसकेको नागिलाले बताउनुभयो । “फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न जनताको माग अत्याधिक रहेको छ, तर विविध कारणले यसको काम अगाडी बढ्न सकेको छैन,” नागिलाले भन्नुभयो ।

    गत असार २९ गते र त्यसपछि आएको बाढी पहिराले गाउँपालिकाको विकास निर्माण र कृषि लगायतका क्षेत्रमा रु ११ करोड भन्दा बढीको क्षति भएको छ । बाढीले क्षति पु¥याएका संरचना पुर्ननिर्माण, कृषकलाई क्षतिपूर्ति र राहत वितरण चुनौतिको रुपमा रहेको छ ।

    “गाउँपालिकाले गाउँसभाबाट अर्कै योजना स्वीकृत ग¥यो, तर बाढी पहिराका कारण क्षति भएका संरचना निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने चुनौति आइपरेको छ,” उहाँले भन्नुभयो ।