दमाैली, २७ जेठ । ऋषिङ गाउँपालिका-७, पाेखरीभञ्ज्याङ निवासी अग्नीपीडित सनिसरा आलेलाई आर्थिक सहयाेग हस्तान्तरण गरिएकाे छ । नेपाल रेडक्रस साेसाइटी काेटदरबार उपशाखाले आलेलाई रु एक लाख ४९ हजार ११ नगद र एक सेट ग्याँस चुलाे र सिलिण्डर सहयाेग गरेकाे हाे ।
केही दिन अगाडी ग्यास चुहिएर आगलागी हुँदा आलेले सञ्चालन गर्दै आएकाे पसल जलेर नष्ट भएकाे थियाे ।
यसअघि अग्नीपीडित आलेलाई रू ५४ हजार पाँच सय नगद, लत्ताकपडा र भाडाकुडा हस्तान्तरण गरिसकिएकाे छ ।