एम्बुलेन्स चालकको पीडा : समाजले दुर्व्यवहार गर्छ (रिपोर्ट सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एम्बुलेन्स चालकको पीडा : समाजले दुर्व्यवहार गर्छ (रिपोर्ट सहित)

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, बुधबार

    तनहुँ : जेठको दोस्रो हप्तासम्म तनहुँमा एक जनामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको थिएन । भारत र तेस्रो मुलुकसँग जोखिमयुक्त जिल्लाबाट आएका आफ्ना नागरिकलाई समुदायमा हेलमेल हुन नदिनलाई स्थानीय तहले क्वारेन्टिनमा राख्ने क्रम चल्दै थियो । त्यही बेलामा जोखिम बढ्यो भन्दै भानु नगरपालिकाका एम्बुलेन्स चालकले जागिर छाडिदिए । एम्बुलेन्सको झनै खाँचो पर्ने बेला भएका चालकले पनि जागिर छाडिदिएपछि नयाँ चालक पाउन बढो सकस भयो । कोही पनि एम्बुलेन्स चलाउन टक्रिएनन् ।

    सङ्क्रमणको डरले एम्बुलेन्स चालक नपाएको सुनेपछि सेवा गर्न तम्सिनुभयो ५२ वर्षीय सुन्दर पाख्रिन । कोरोनाको जोखिम बढेका बेला विदेशबाट आएकालाई क्वारेन्टिनमा ल्याउने र सङ्क्रमित भएकालाई त्यहाँबाट आइसोलेशनमा पु¥याउने काम त असुरक्षित थियो नै । तर, पाख्रिनले आत्म सन्तुष्टिका लागि हिम्मत जुटाएर सेवा थाल्नुभयो ।

    तनहुँमा सबैभन्दा धेरै समुदायस्तरमा कोरोना सङ्क्रमित भेटिएको भानुका ४६ जना सङ्क्रमितलाई उहाँले आइसोलेशनमा पु¥याउनुभएको छ । उहाँ भन्नुहुन्छ, “नगरपालिकाले पिपिई सेट दिएको छ । सङ्क्रमितलाई अस्पताल लैजान प¥यो भनेर खबर आउँछ । पिपिई लगाई आफूलाई सुरक्षित बनाएर पु¥याईदिन्छु । खोई अहिलेसम्म मलाई सङ्क्रमण देखिएको छैन् क्यारे ।”

    सुन्नुहोस रिपोर्ट

    साढे तीन महिनादेखि उहाँले परिवार भेट्नुभएको छैन । नगरपालिकाले एकान्तमा दुई कोठाको घर उपलब्ध गराएको छ उहाँलाई । उहाँ त्यहाँ एक्लै बस्नुहुन्छ । परिवारको अत्यास नलाग्ने कहाँ हो र ? समाज र परिवारले गर्ने व्यवहारले घर जान मन लाग्दैन् उहाँलाई । “चोर आए बरु सम्मान होला । म गए भने त तल्लोस्तरको व्यवहार गर्छन्,” पाख्रिनले भन्नुभयो, ‘परिवारले पनि नआइदिए हुन्थ्यो झै गर्छन् । त्यति बेला मन त दुख्छ ।’ आफूले सुरक्षाको मापदण्ड अपनाएर काम गरेतापनि कसैले नबुझेको उहाँको गुनासो छ ।

    आफूले चलाउने एम्बुलेन्स ग्यारेजमा मर्मत नगरिदिने उहाँको अनुभव छ । उहाँले सङक्रमित बोक्न थालेपछि एक जना स्थानीय बोल्नै छाडे । “देख्दा पनि कोरोना सर्ला झै गर्ने, पछि उनलाई सङ्क्रमण देखियो । मैले नै आइसोलेशनमा पु¥याए,” उहाँ भन्नुहुन्छ, “सरुवा रोग हो जसलाई पनि लाग्न सक्छ ।”

    गाउँतिर उहाँले कोरोना सङ्क्रमितलाई बोक्छ भनेर कुरा गर्छन् । नजिक पर्नै डराउँछन् । यस्तो व्यवहारले नरेन्द्रलाई कुनै प्रभाव गरेको छैन । आफूले गरेको सेवामा सन्तुष्ट हुनुहन्छ उहाँ ।

    पाख्रिन जस्तै २७ वर्षीय नरेन्द्र गुरुङले पनि शुक्लागण्डकी नगरपालिकाको एम्बुलेन्समा कोरोना सङ्क्रमितलाई आइसोलेशनमा र त्यहाँबाट रिफर भएको अवस्थामा पोखराको कोभिड विशेष अस्पताल पु¥याउन थालेको तीन महिना बित्यो । भर्खर भर्खर सङ्क्रमण देखिन थालेको समयमा मनमा डर भएपनि अहिले हटेको उहाँ बताउनुहुन्छ । “सङ्क्रमितलाई बोक्नु जोखिम त हुन्छ नै । तर, एम्बुलेन्स चालकले कोरोना लागेको र नलागेको भन्न हुँदैन, जो जस्तो भएपनि बिरामीलाई अस्पतालसम्म पु¥याउने कर्तव्य हो,” उहाँले भन्नुभयो ।

    सङ्क्रमितलाई बोक्न थालेपछि एकपटक उहाँ गाउँ जानुभयो । त्यसपछि यतै हुनुहुन्छ । “पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि गाउँ गएको थिए । त्यसपछि यतै छु,” उहाँले भन्नुभयो, “परिवारका सदस्यलाई जोखिम हुने भएकाले पटक पटक जान पनि भएन ।”

    गाउँतिर उहाँले कोरोना सङ्क्रमितलाई बोक्छ भनेर कुरा गर्छन् । नजिक पर्नै डराउँछन् । यस्तो व्यवहारले नरेन्द्रलाई कुनै प्रभाव गरेको छैन । आफूले गरेको सेवामा सन्तुष्ट हुनुहन्छ उहाँ । उहाँले भन्नुभयो, “मैले त मानवताका नाताले काम गरेको छु । अरुको सोच अलग्गै छ भने त्यसले केही फरक पार्दैन ।” उहाँले यही काम निरन्तर गर्ने सोच बनाएको उल्लेख गर्नुभयो ।

    जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका दश स्थानीय तहमा २६ वटा एम्बुलेन्स रहेका छन् । तीमध्ये स्थानीय तहले आवश्यकता अनुसार एम्बुलेन्सले कोरोना सङ्क्रमित र जोखिममा रहेकालाई बोक्दै आईरहेका छन् । एम्बुलेन्स चालकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो ।

    “साहस जुटाएर कोरोना सङ्क्रमित र बिरामीलाई अस्पतालसम्म पु¥याउने एम्बुलेन्स चालकलाई सम्मान गर्न आवश्यक छ । दुव्र्यवहारले उनीहरुको आत्मबल घट्नेछ,” प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो, “कोरोना कहरको बेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसँगै एम्बुलेन्स चालक अहोरात्र खटिनुभएको छ । सम्मानको दृष्टिले हेरौ ।” प्रजिअ आचार्यले एम्बुलेन्स चालकलाई हेयको दृष्टिले हेर्ने, अपमान गर्नेलाई प्रशासनले कारवाही गर्ने बताउनुभयो ।