यी हुन् मिर्गौला स्वस्थ राख्ने खानेकुरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    यी हुन् मिर्गौला स्वस्थ राख्ने खानेकुरा

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, सोमबार

    एजेन्सी: शरीरलाई स्वस्थ राख्नका लागि मिर्गौला ठीक हुनु जरूरी हुन्छ । मिर्गौलाले हाम्रो शरीरबाट फोहोर र बढी भएको पानी फिल्टर गरेर पिसाबबाट बाहिर निकाल्छ ।

    मिर्गौला खराब भएपछि पिसाब गर्न अप्ठ्यारो र हातगोडा सुन्निने हुन थाल्छ । मिर्गौला बिग्रँदा मुटुमा पनि समस्या आउन थाल्छ । यसलाई ठीक अवस्थामा राख्नका लागि एन्टीअक्सिडेन्टहरूले भरपूर खानेकुरा खानुपर्छ । सही खाद्यपदार्थ सेवनले मिर्गौलाका साथसाथै शरीरका अन्य अंग पनि सही काम गर्न थाल्छन् । 

    यी खानेकुराहरू मिर्गौलाका लागि सही हुन्छन् : 

    बन्दाकोभी
    बन्दाकोभीमा फाइटोकेमिकल र एन्टीअक्सिडेन्ट भरपूर हुन्छन् र यिनले फ्री –याडिकलका कारण हुने हानिलाई रोक्छन् । यसमा पोटासियम कम भएका कारण डायलिसिस गराएका रोगीलाई पनि फाइदा गर्छ । बन्दाकोभी काँचै वा पकाएर खान सकिन्छ । 

    ऐंसेलु
    ऐंसेलुमा म्यांग्निज, भिटामिन सी, फाइबर र फोलेटको मात्रा धेरै हुन्छ र यसले मिर्गौलालाई स्वस्थ राख्छ ।

    माछा
    माछामा ओमेगा–३ फ्याट्टी एसिड भएका कारण मिर्गौलासम्बन्धी अनेक रोगबाट बचाउँछ । माछामा प्रचुर प्रोटीन हुन्छ । मिर्गौलाको समस्या कम गर्नका लागि उमालेको, पाकेको वा मज्जाले भुटेको माछा मात्र सेवन गर्नुस् । 

    अण्डाको सेतो भाग
    अण्डाको सेतो भागले पनि मिर्गौला ठीक राख्नका लागि सहायता गर्छ । त्यसमा उच्च स्तरको प्रोटीन हुन्छ । सेतो भाग मात्रको अम्लेट बनाएर खानुस् र उमालेको अण्डाभित्रको पहेंलो भाग नखानुस् । 

    जैतूनको तेल
    मिर्गौलालाई स्वस्थ राख्न जैतूनको तेल लाभदायक हुन्छ । त्यसमा भएको ओलेक एसिड र एन्टीइन्फ्लेम्मेटरी फ्याट्टी एसिडले शरीरमा अक्सिडेसन गराउँछ । यो तेलमा खानेकुरा पकाएर खाने गर्नुस् । 

    लसुन
    लसुनमा भएका एन्टीअक्सिडेन्टले मिर्गौला र मुटुको रोग लाग्ने सम्भावना घटाउँछ । दिनमा एक वा दुई काँचो लसुनका पोटी खाँदा शरीरमा उच्च कोलेस्ट्रोल जम्न पाउँदैन । 

    भेडेखुर्सानी
    भेडेखुर्सानी खाँदा मिर्गौलामा राम्रो प्रभाव पर्छ । त्यसमा भिटामिन ए, बी६ र सी, फोलिक एसिड र फाइबर भरपूर मात्रामा पाइन्छ । 

    स्याउ
    स्याउमा भएको फाइबरले मिर्गौला सफा गर्न मद्दत गर्छ । यसको सेवनले मुटुसम्बन्धी समस्या, क्यान्सर र कोलेस्ट्रोल घटाउने काम गर्छ ।