भारतका रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना संक्रमणका कारण मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतका रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना संक्रमणका कारण मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    एजेन्सी: भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ। ६५ वर्षका उनको दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    सेप्टेम्बर ११ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो । उनले आफै ट्वीट गरेर संक्रमणको जानकारी गराएका थिए ।प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    उनले ट्वीटमा लेखेका छन्, ‘श्री सुरेश अंगडी एक प्रतिवद्ध कार्यकर्ता थिए जसले पार्टीलाई कर्नाटकमा बलियो बनाउनका लागि कडा मेहनत गरेका थिए । उनी एक समर्पित सांसद र प्रभावकारी मन्त्री थिए । उनको निधन दुःखद छ । यो दुःखको समयमा मेरो समवेदना उनको परिवार तथा साथीभाइमा छ ।’

    सुरेश अंगडी कर्नाटकको चन्नबसप्पाको बेलगामबाट लोकसभाका लागि निर्वाचित भएका थिए । मोदीले उनलाई रेज राज्य मन्त्री बनाएका थिए ।