पाल्पामा पहिरो : एकै परिवारका ५ सहित ६ जना बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • लुम्बिनी

    पाल्पामा पहिरो : एकै परिवारका ५ सहित ६ जना बेपत्ता

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७७, बिहीबार

    पाल्पा: अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोमा पुरिएर पाल्पामा  ६ जना बेपत्ता भएका छन्।  बिहीबार बिहान रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ६ जना बेपत्ता भएका हुन् । 

    बिहान करिब ४ बजेतिर गएको पहिरोमा परेर  हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको प्रहरीले जनाएको छ ।  

    घटनास्थलमा अझै प्रहरी पुग्न सकेको छैन् । सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले जनाकारी दिनुभयो । 

    प्रहरी नपुगे पनि स्थानीयले बेपत्ताको खोजी गरिराखेका छन् । यस्तै रम्भा गाउँपालिका वडानम्बर २ कै सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।