भानुका १७ वर्षीय युवामा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुका १७ वर्षीय युवामा कोरोना

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७७, बिहीबार

    तनहुँ : तनहुँको भानु नगरपालिकाका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षण अनुसार भानु नगरपालिकाका १७ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । भानु नगरपालिका–५ निवासी ती युवाको बुधबार स्वाब परीक्षण गरिएको थियो ।

    चितवन मेडिकल कलेजमा गरिएको परीक्षण अनुसार १ सय ४० जनामा कोरोना पुष्टि भएको छ । ४ सय ७९ नमूना मध्ये १ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मेडिकल कलेजका डा. नविनकुमार चौधरीले जानकारी दिनुभयो ।