गण्डकीमा थपिए ७१ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थपिए ७१ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७७, आईतवार

    पोखरा : गण्डकी प्रदेशमा आइतबार ७१ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार कास्की, लमजुङ, बागलुङ र नवलपुरमा ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीमा २१, लमजुङमा १६, बागलुङमा ३१ र नवलपुरमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७४४ पुगेको छ |
    कास्की जिल्ला, पोखरा महानगरपालिकाका-३ का २७ वर्षीय पुरुष र वडा नं १५ का ३८ बर्षीय पुरुष गरि २ जना नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ भने वडा नं ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदार हुनुहुन्छ |

    लमजुङ जिल्ला, मध्यनेपाल-६ का ३५ बर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक हुनुहुन्छ | बाग्लुङ जिल्लाका धेरैजसो संक्रमित भारतबाट र केहि संक्रमित जापान, ओमान, दुबई, क्यानाडाबाट आई क्वारेन्टाइनमा बस्नुभएको छ |