कुमारीका विद्यार्थीलाई स्वास्थ्य सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    कुमारीका विद्यार्थीलाई स्वास्थ्य सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७७, सोमबार

    तनहुँ : कोरोना कहरकाबिच विद्यालय खुलेपछि लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले स्वास्थ्य सामाग्री वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–५ बरभञ्याङस्थित कुमारी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्र्थीको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै मास्क, सेनिटाईजर, ग्लब्स र थर्मल गन सहयोग गरेको अध्यक्ष सुजनकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार ३ सय थान मेडिकल मास्क, १ सय थान ग्लब्स, ५ लिटर सेनिटाइजर र १ थान थर्मल गन सहयोग गरिएको हो ।
    ‘लामो समयदेखी बन्द विद्यालयले कोरोनाको कहर रहदै गर्दा पनि वैकल्पिक शिक्षण सिकाई थालेका छन् । सबै विद्यार्थीसंग मास्क नभएको पनि हुन सक्छ । कोरोनाको महामारीबाट जोगिन स्वास्थ्य सामाग्री दिएका हौ’, श्रेष्ठले भन्नुभयो ।
    उक्त सामाग्री क्लबका पुर्व अध्यक्ष एवम शुक्लागण्डकी ५ का अध्यक्ष दिर्घबहादुर थापाले विद्यालयलाई हस्तानतरण गर्नुभएको हो । स्वास्थ्य सामाग्री दुलेगौँडास्थित आले मेडिकल हल र खैरेनीटारस्थित माछापुच्छ«े मेडिकल हलले उपलब्ध गराएको क्बलले जनाएको छ ।