पाेखरा : गण्डकी प्रदेशका दुई जिल्लामा १८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले मङ्गलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार कास्की र नवलपुरमा १८ सङ्क्रमित थपिएका हुन् ।
कास्कीमा १४ र नवलपुरमा ४ सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं ५, ८, १७, १५, १३? २० र नवलपुरको विनयत्रिवेणी गाउँपालिका वडा नं ३ र ४ मा सङ्क्रमित थपिएका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ८ सय १३ पुगेको छ ।