युवा व्यवसायी लालचनको निधनमा मन्त्री गुरुङद्वारा दु:ख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    युवा व्यवसायी लालचनको निधनमा मन्त्री गुरुङद्वारा दु:ख व्यक्त

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७७, बुधबार

    तनहुँ : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तनहुँको शुक्लागण्डकी नगरपालिका-४ निवासी युवा व्यवसायी सुरज लालचनको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

    गाछेपानीस्थित लालचन ईन्टरप्राईजेजका म्यानेजिङ डाईरेक्टर लालचनको ३७ वर्षको उमेरमा निधन भएकामा मन्त्री गुरुङले दु:ख व्यक्त गर्नुभएको हो । युवा अवस्थामा भएको निधनको पीडा सबैका निम्ति असहनीय हुने बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “तिमीले तिम्रा घरपरिवार र आफन्तहरूलाई मात्र होइन, तिमीलाई चिन्नेजान्ने सबैका लागि ठूलो पीडामा पारेर गएकाछौ । सुरज ! तिम्रो आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।” मन्त्री गुरुङले दु:खद घडीमा शोकाकुल सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

    यसैबीच लालचनको शवलाई मन्त्री गुरुङले बुधबार अन्तिम श्रद्धाञ्जली दिनुभएको छ । लालचनको निधनले पार्टीलाई पनि अपुरणीय क्षति पुगेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।