अनसन तोड्न डा. केसीलाई आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अनसन तोड्न डा. केसीलाई आग्रह

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बिहीबार

    काठमाडौ : सरकारले अनसनरत डाक्टर गोविन्द केसीलाई अहिले अनशन बस्न उपयुक्त समय नभएको बताएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बस्नुभएका डा. गोविन्द केसीका अधिकांश माग पूरा हुने चरणमा रहेको भन्दै सत्याग्रह तोड्न आग्रह गरेको हो ।

    बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना महामारीको समयमा अनसन बस्नु उपयुक्त नहुने बताउनुभएको हो । 

    उहाँले भन्नुभयो, ‘एकातिर डाक्टरहरु, सुरक्षाकर्मीहरु कोभिडबाट नागरिकलाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनु भएको छ । यो असमान्य अवस्थामा अनसन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र ? पक्कै पनि होइन ।’

    साथै उहाँले डाक्टर केसीका अधिकांश माग कार्यान्वयनमा गइसकेको र बाँकी रहेका विषयमा पछि पनि छलफल गर्न सकिने तर अहिले सबै जना कोभिडविरुद्धको लडाइँमा एक हुनुपर्ने बताउनुभयो । 

    डा. केसी चिकित्सा क्षेत्रको माग गर्दै केही दिनदेखि जुम्लाबाट सत्याग्रह सुरु गर्दै अहिले काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा रहनुभएको छ । मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो । डा. केसीको मागअनुसार चिकित्सा शिक्षासम्बन्धी ऐन बनाइ त्यसको आधारमा उच्चस्तरीय आयोग निर्माण गरिसकेको पनि उहाँले बताउनुभयो ।

    त्यस्तै चिकित्सा शिक्षाका लागि गएकाे आर्थिक वर्षमा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयनमा आइसकेको पनि मन्त्री ज्ञवालीले बताउनुभयो । मन्त्री ज्ञवालीले सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज खोल्न राखेको मागअनुसार सबै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा आउन लागेको पनि बताउनुभयो ।