देवघाटमा कोरोना सङ्क्रमित शुन्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा कोरोना सङ्क्रमित शुन्य

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, शनिबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकामा कोरोना सङ्क्रमित शुन्य अवस्थामा पुगेको छ । होम आइसोलेशनमा बसेका एक सहित होम क्वारेन्टिन, कन्ट्याक्ट ट्रेसिङबाट १२ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।

    असोज १४ गते स्वाब परीक्षणका लागि पोखरा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो । उहॉका अनुसार गाउँपालिकामा अब सक्रिय सङ्क्रमित छैनन् ।