भीमादमा समुदाय स्तरमा काेराेना परीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भीमादमा समुदाय स्तरमा काेराेना परीक्षण

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, आईतवार

    तनहुँ : तनहुँकाे भीमादमा समुदाय स्तरमा पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएकाे छ । भीमादकाे समुदायका व्यक्तिमा काेराेना सङ्क्रमण देखिएपछि नगरपालिकाले समुदायस्तरमा काेराेना परीक्षणका लागि स्वाब सङ्कलन गरिएकाे हाे ।

    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकामणि सिग्देलका अनुसार तनहुँ उद्याेग वाणिज्य सङ्घ र नगर उद्याेग वाणिज्य सङ्घसँगकाे सहकार्यमा समुदाय स्तरका व्यक्तिहरुकाे स्वाब सङ्कलन गरिएकाे जानकारी दिनुभयाे ।

    समुदायस्तरमा काेराेना सङ्क्रमण फैलिन नदिनका लागि भीमाद नगरपालिकाले ६ र ७ नं वडामा असाेज २२ गतेसम्म लकडाउन जारी गरेकाे छ ।