तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकाका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षण गर्दा ती युवामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सङक्रमित ऑबुखैरेनी गाउँपालिका-१ का २० वर्षीय युवा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै फिभर क्लिनिकमा परीक्षण गर्दा कास्कीको पोखरा महानगरपालिकाका १० जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय १३ पुगेको छ ।