डा. केसीसँग वार्ता गर्न २४ दिनपछि टोली गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डा. केसीसँग वार्ता गर्न २४ दिनपछि टोली गठन

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७७, बुधबार

    काठमाडौँ : चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै २४ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बुधबार वार्ता टोली गठन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली संयोजक रहेको तीन सदस्यीय टोली सरकारले बनाएको हो।

    शिक्षा मन्त्रालयका अनुसार टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दीलिप शर्मा सदस्य हुनुहुन्छ । २४ दिनदेखि अनशनमा रहेका डा.  केसीको स्वास्थ्य अवस्थाबारे सरकार मौन रहेको भन्दै आलोचना भइरहेका बेला सरकारले तीन सदस्यीय टोली गठन गरेको हो।