तनहुँ : प्रहरीले ५ सय ५० वटा गाजाका बोट नष्ट गरेको छ । देवघाट गाउँपालिका र भीमाद नगरपालिकाका विभिन्न ठाउँमा पाँच रोपनी जग्गामा उम्रिएको गाजाका बोट प्रहरीले नष्ट गरेको हो ।
देवघाट गाउँपालिका–२ लेखस्वारा र बेसार्दी भन्ने स्थानमा लागुऔषध गाजा खेती रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले चार रोपनी जग्गामा प्राकृतिक रुपमा फैलिएको ४ सय ५० गाजाका बोट नष्ट गरेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
त्यस्तै भीमाद नगरपालिका–१ गोरडाँडा र आसपासका क्षेत्रमा एक रोपनी जग्गामा फैलिएको एक सय गाजाको बोट नष्ट गरेको प्रहरीले जनाएको छ ।