देवघाटका ५२ वर्षीय पुरुषलाई कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटका ५२ वर्षीय पुरुषलाई कोरोना

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०७७, सोमबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकाका एक पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ५२ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    असोज २२ गते सङ्कलन गरिएको स्वाबको विवरण आइतबार राति सार्वजनिक गरिएको हो । प्रयोगशालामा गरिएको २ सय ३५ नमूना मध्ये ५५ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।