गण्डकीमा थपिए फेरि ४२ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थपिए फेरि ४२ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पाेखरा : गण्डकी प्रदेशमा बुधबार पुनः ४२ कोरोना सङ्क्रमित थपिएका छन् । कास्की, लमजुङ, तनहुँ, म्याग्दी, स्याङ्जा र बागलुङका ४२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसअघि बुधबार बिहान मात्रै ३१ जना सङ्क्रमित थपिएका थिए ।

    स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका ३६, लमजुङमा एक, तनहुँको आँबुखैरेनी गाउँपालिकाका एक, म्याग्दीको बेनी नगरपालिकाका एक, स्याङ्जाको पुतलीबजार नगरपालिकाका दुई र बागलुङका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार १ सय ७६ पुगेको छ ।