गरगहना सहित हराएको पर्स सम्बन्धित धनीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    गरगहना सहित हराएको पर्स सम्बन्धित धनीलाई

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–१ गुरुङटार बस्ने २७ वर्षीया सम्झना केसीको हराएको सामान प्रहरीले फेला परी बुझाएको छ । डुम्रे बजारबाट घरतर्फ घर जाने नगद तथा गरगहना सहितको पर्स हराएको इलाका प्रहरी कार्यालय डुम्रेमा निवेदन परेपछि प्रहरीले सामान खोजी गरी केसीलाई बुझाएको हो ।

    पर्समा एक थान सुनको सिक्री, आधा तोलाको बेरुवा औठी, नेपाली नागरिकताको प्रमाणपत्र, बैङ्कको चेक र नगद रु ६ हजार तीन सय ४५ रहेको प्रहरीले जनाएको छ ।