नेपालमा थपिए २६३८ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपालमा थपिए २६३८ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ : नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार नौ सय ९६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार दुई हजार ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १३ हजार नौ सय ४७ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय ७४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८० हजार नौ सय ५४ पुगेको छ ।  

    अब नेपालमा ३६ हजार तीन सय ६७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । 

    यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ७५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।