तनहुँ : तनहुँमा नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घ गठन भएको छ । बिहीबार आयोजित भेलाले केहरसिंह आले (बादल) को अध्यक्षतामा सङ्घ गठन गरेको हो ।
जसको उपाध्यक्षमा नरमाया आले, एच.वि. मगर, सचिवमा सरोज बस्नेत, कोषाध्यक्षमा वीरबहादुर दरै र सदस्यहरुमा किरण ढकाल, राजेन्द्र घर्ती, अरुण कुमार र कर्ण श्रेष्ठ चयन हुनुभएको छ ।
नेपाल मार्शल आर्ट्स हाप्किडाे सङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष तारामाया थापामगरको अध्यक्षता र नेपाल मार्शल आर्ट्स हाप्किडाे सङ्घघ केन्द्रीय अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडाे महासङ्घका अध्यक्ष काली बहादुर घर्तीमगरकाे प्रमुख आतिथ्यतामा सङ्घ गठन भएकाे हाे ।
भेलामा नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय समिति तनहुँका अध्यक्ष बसुन्धरा घर्ती,म ानव अधिकार एलायन्सका केन्द्रीय सदस्य कल्पना पौडेल,नेपाल मगर सङ्घ म्याग्दे गाउँपालिका अध्यक्ष नरमाया आले, हाप्किडाे सङ्घघ गण्डकी प्रदेश सचिव प्रेम बुढामगर, हाप्किडाे सङ्घ गण्डकी प्रदेश सदस्य तथा हाप्किडाे राष्ट्रिय खेलाडी कृति गिरीकाे उपस्थिति थियाे ।