देवघाट र सहिद लखन गाउँपालिकाबीच भगिनी सम्बन्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाट र सहिद लखन गाउँपालिकाबीच भगिनी सम्बन्ध

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०७७, शुक्रबार

    तनहुँ : धार्मिक पर्यटनको महत्व बोकेका गण्डकी प्रदेशका दुई पालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । तनहुँको देवघाट र गोरखाको सहिद लखन गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको हो ।

    देवघाट गाउँपालिका तनहुँका अध्यक्ष दुर्ग बहादुर थापा र सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले भगिनी सम्बन्ध सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । दुवै गाउँपालिकामा रहेका धार्मिक तथा र्सास्कृतिक पर्यटकीय स्थलको प्रचारप्रसार, प्रबद्र्धन र विकास गर्ने उद्देश्यले भगिनी सम्बन्ध कायम गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो । “दुवै ठाउँमा रहेका धार्मिक तथा सांस्कृतिक स्थलको प्रचारप्रसार गरी आन्तरिक पर्यटक भित्र्याउन सम्बन्धले सहयोग पुग्ने विश्वास गरेका छौ,” थापाले भन्नुभयो ।

    दुवै पालिकाले सामाजिक सद्भाव कायम गरि एक अर्काको गाउँपालिका क्षेत्रभित्र रहेका धार्मिक स्थलहरु, सांस्कृतिक ग्रामहरुको बारेमा प्रचारप्रसार गर्ने सम्झौतापत्रमा उल्लेख छ । संसारका हिन्दुहरुको पवित्र तीर्थस्थल देवघाटधाम देवघाट गाउँपालिकामा पर्दछ भने सबैको आस्थाको केन्द्र प्रसिद्ध मनकामना मन्दिर सहिद लखन गाउँपालिकामा पर्दछ ।