पिन तनहुँको कार्यसमितिले पुर्णता पायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सुचना प्रविधि

    पिन तनहुँको कार्यसमितिले पुर्णता पायो

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०७७, शनिबार

    तनहुँ : नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्बद्ध प्रोगेसिभ इञ्जिनियरिङ एसोसियसन नेपाल (पिन) तनहुँको कार्यसमितिले पुर्णता पाएको छ । शनिबार अध्यक्ष र सचिव बाहेकको पदमा सर्वसहमती भएपछि समितिले पुर्णता पाएको हो । गत फागुनमा पिन गण्डकी प्रदेश कमिटि घोषणासंगै अध्यक्षमा बिष्णुराज पाण्डे र सचिवमा दिपक कुवँरको नाम घोषणा गरिएको थियो ।

    २१ सदस्यिय कमिटिको बाँकी सदस्यको छिनोफानो शनिबार लगाईएको प्रदेश कमिटि सदस्य कृष्ण भण्डारीले जानकारी दिए ।शनिबार चयन भएका उपाध्यक्षमा उत्तम थापा, कोषाध्यक्षमा सन्तोष थापा रहेका छन् । १४ जना सदस्य रहेका छन् । यस्तै ३ जनालाई सचिवालय सदस्यमा चयन गरिएको जनाईएको छ ।