दुर्घटनामा पॉचको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश १

    दुर्घटनामा पॉचको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, आईतवार

    उदयपुर : सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ  ।

    भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिनुभयो । गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ ।

    दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक अन्य तीन जनाको पहिचान हुन बाँकी छ ।

    दुर्घटनामा मृत्यु भएकामध्ये अन्दाजी ३०३२ वर्षका पुरुष३०३५ वर्षका पुरुष र अर्की ३०३५ वर्षकी महिलाको पहिचान खुलेको छैन । पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । ट्राफिक प्रहरी उपरीक्षक दासका अनुसार ब्रेक फेल भएर स्कारपियो दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।