नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी नियन्त्रण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी नियन्त्रण

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ स्थित मादी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको अवस्थामा प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । मादी पुल नजिक पाँच सय मिटर नजिक पश्चिमतर्फको बगरबाट नदीजन्य पदार्थ उत्खनन् एवं लोड गर्दै गरेको अवस्थामा प्रहरीले दुई ट्याक्टर आइतबार नियन्त्रणमा लिएको हो ।

    प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार ग १ त ४०६० र ना ७ त ३८०९ नं को ट्याक्टर नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारवाहीका लागि व्यास नगरपालिका पठाइएको छ । प्रहरीले असोज २९ गते पनि सोही ठाउँबाट पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।