तनहुँ : गण्डकी प्रदेशमै नमूना विद्यालयको रुपमा परिचित सत्यवती माध्यमिक विद्यालयका एक शिक्षकले अवकाशसँगै विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । व्यास नगरपालिका-२ स्थित विद्यालयका शिक्षक झलकराज पौडेलले रु एक लाख पॉच हजारको अक्षयकोष स्थापना गर्नुभएको हो ।
पौडेलले ६० वर्ष उमेर पुगी सेवा निवृत हुनुभएको छ । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान यगर्ने उदेश्यले अक्षयकोष स्थापना गरिएको पौडेलले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक इन्द्र पौडेलले आफैले सेवा गरेको विद्यालयमा अवकाशपछि अक्षयकोष स्थापना गर्नु उदाहरणीय काम भएको बताउनुभयो ।