तनहुँ : नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं सफल व्यवसायी देवकुमार श्रेष्ठकी नातिनी एवं युवा व्यवसायी अन्जनकुमार श्रेष्ठको छोरी आर्जु श्रेष्ठको जन्मदिनको अवसरमा वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरिएको छ ।
आर्जुको जन्मदिनको अवसरमा श्रेष्ठ परिवारले व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमका लागि मङ्गलबार रु पाँच हजार ४५ आर्थिक सहयोग गरेको हो । देवकुमार श्रेष्ठ सोही आश्रमको वरिष्ठ सल्लाहकार हुनुहुन्छ । उक्त रकम आर्जुले आश्रमकी सचिव निर्मला मल्ललाई हस्तान्तरण गर्नुभएको छ ।
संस्थाको स्थापनाकालदेखि नै अभिभावकत्व प्रदान गर्दै आएको श्रेष्ठ परिवारले नातिनीको जन्मदिनको अवसर पारेर सहयोग गरेकामा सचिव मल्लले आभार व्यक्त गर्नुभयो ।