तनहुँ : तनहुँको व्यास नगरपालिकाले दशैंपछि तीन दिन सेवा प्रवाह बन्द गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण दिनानुदिन बढिरहेको र नगरपालिकाका केही कर्मचारीमा समेत सङ्क्रमण देखिएको हुँदा नगरपालिकाले दशैं बिदा पछि खुल्ने कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको निर्णय बमोजिम कात्तिक १२ देखि १४ गतेसम्म नगरपालिकाको कार्यालय र सम्पूर्ण वडा कार्यालयका सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । सिग्देलका अनुसार उक्त समयमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहनेछ । शुक्रबारदेखि दशैंको बिदा शुरु हुँदैछ ।