तनहुँ : लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले मृगौला पिडितलाई सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित दुवै मृगौला फेल भएकी ३४ बर्षीया अनिता सुवेदीलाई क्लबले नगद र खाद्यन्नका सामाग्री वितरण गरेको हो ।
नगद ७ हजार रुपैयाँ, १ बोरा चामाल, १ लिटर खाने तेल, दाल, सोयाविन र नुन १÷१ किलो सहयोग गरेको क्लबका अध्यक्ष सुजनकुमार श्रेष्ठले बताउनुभयो । आर्थिक रुपमा विपन्नर परिवारमा दुई जना बिरामी भएकाले उपचारमा सघाउन नगद र दसैँ मान्नलाई खाद्यन्न सहयोग गरिएको श्रेष्ठको भनाई छ ।