महानवमी पर्व मनाइँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    महानवमी पर्व मनाइँदै

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०७७, आईतवार

    काठमाडौ : आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज (आइतबार) हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ ।

    महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ ।

    महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

    यसैबीच, हनुमानढोका दरबारमा रहेको वर्षमा एक पटक महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर यो वर्ष कोरोना भाइरस सङ्क्रमणकाे जाेखिमका कारण नखोलिने भएको छ । वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर हरेक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ ।