नेकपाका अध्यक्षको भेटवार्ता : पार्टीमा छलफल गरेर निकास निकाल्न प्रचण्डको प्रस्ताव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेकपाका अध्यक्षको भेटवार्ता : पार्टीमा छलफल गरेर निकास निकाल्न प्रचण्डको प्रस्ताव

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७७, शनिबार

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच लामो समयपछि भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो करिब दुई घण्टा भएको छलफलमा दुई अध्यक्षबीच पार्टी र सरकार सञ्चालनका विषयमा केन्द्रित भएको थियो ।

    अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिउँसो करिब १ बजे बालुवाटार पुग्नुभएकाे थियाे । दुई अध्यक्षबीच कात्तिक ३ गते यता भेट भएको थिएन । बैठकमा प्रचण्डले पार्टी कमिटीबाटै समस्याको समाधान निकाल्ने गरि अगाडी बढ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको बताइएको छ ।  उहाँले यसका लागि सचिवालय बैठक बोलाएर अगाडी बढ्न सुझाव दिनुभएकाे ५ ।

    नेकपा नेता जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा बसेको बताउदै प्रचण्डले प्रधानमन्त्री ओलीसँग भेट गर्न नमाने बताइदै आएको थियो । दुई अध्यक्षबीच दुरी बढेपछि महासचिव विष्णु पौडेल, शंकर पोखरेल सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवालीले प्रचण्ड निवासमा पुगेर भेटवार्ताको वातावारण मिलाउनुभएकाे थियाे ।