गण्डकीमा थपिए ६२ कोरोना सङ्क्रमित, दुईको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थपिए ६२ कोरोना सङ्क्रमित, दुईको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०७७, आईतवार

    पोखरा : गण्डकी प्रदेशमा आइतबार ६२ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार बागलुङ, गोरखा, कास्की, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्जामा ६२ जनामा कोरोना पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार बागलुङमा तीन, गोरखामा पॉच, कास्कीमा ३८, लमजुङमा दुई, नवलपुरमा दुई, तनहुँमा ११ र स्याङ्जामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७३७८ पुगेको छ ।

    दुई सङ्क्रमितको मृत्यु

    यसैगरी गण्डकी प्रदेशमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । नवलपुरको कावासोती-६ का ६७ वर्षीय पुरुष र गैडाकोट-२ का ७७ वर्षीय महिलाको होम आइसोलेशनमा मृत्यु भएको हो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ।