तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरास्थित लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा शुक्लागण्डकीका एक पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी-५ का ४१ वर्षीय पुरुष र ३७ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।