पाेखरा : पोखरामा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत पोखरा महानगरपालिका वडा नं १७ निवासी ६० वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो ।
कात्तिक ११ गते कोरोना सङ्क्रमण भई उपचाररत ती पुरुषमा निमोनिया, मधुमेहको समस्या रहेको प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणबाट प्रतिष्ठानमा मृत्यु हुने निज २५ औं सङ्क्रमित रहेको प्रतिष्ठानले जनाएको छ ।