जेसीजले दियो प्रहरीलाई थर्मल गन र ट्राफिक सचेतना बोर्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    जेसीजले दियो प्रहरीलाई थर्मल गन र ट्राफिक सचेतना बोर्ड

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०७७, मंगलवार

    तनहुँ : कोरोनाको संक्रमण फैलने जोखिम बढेपछि चैतमा मुलुक लकडाउन भयो । लकडाउन सुरु भएयता संक्रमणको दर समुदायस्तरमा फैलदासम्म प्रहरी अग्रपंक्तिमा रहेर खटिएका छन् । तीनै अग्रपक्तिमा खटिने प्रहरीको सुरक्षार्थ शुक्लागण्डकी जेसीजले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    जेसीज सप्ताह मनाइरहेको जेसीजले मंगलबार इलाका प्रहरी कार्यालय बेलचौतारालाई एक थान थर्मल गन र ५ लिटर स्यानीटाईजर सहयोग गरेको हो । उक्त सामग्रीसँगै ट्राफिक सचेतना बोर्ड शुक्लागण्डकी जेसीजका अध्यक्ष मदन श्रेष्ठ र शुक्लागण्डकी नगरपालिका–५ का अध्यक्ष दिर्घबहादुर थापाले कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदीश रेग्मीलाई हस्तान्तरण गर्नुभयो ।

    वडाध्यक्ष थापाले कोरोना महामारीको बेला प्रहरीको योगदान उच्च रहेको भन्दै स्वास्थ्य सामग्रीले सुरक्षित तवरले सेवा दिन सहयोग पुग्ने बताउनुभयो । स्वास्थ्य सामग्रीले सुरिक्षत तरिकाले जनताको जिउधनको सुरक्षा गर्न उच्च मनोबल हुने प्रहरी निरिक्षक रेग्मीले बताउनुभयो ।

    शुक्लागण्डकी जेसीज वर्ष २०१७ का अध्यक्ष विनोद राउतले समाज परिवर्तनका निम्ति युवाहरु जेसिजमा आबद्ध भएर लागिपरेको बताउनुभयो । शुक्लागण्डकी जेसीजका अध्यक्ष मदन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक रमेश भण्डारी र सञ्चालन महासचिव रमेश भुजेलले गर्नुभएको थियो ।