१० दिनका लागि स्थगित भयो नेकपा सचिवालय बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    १० दिनका लागि स्थगित भयो नेकपा सचिवालय बैठक

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७७, बुधबार

    काठमाडौँ : सत्तारुढ नेकपाको सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पुनः १० दिनपछि बस्ने गरी निर्णय गरेको प्रधान्मन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।

    कात्तिक २८ को सचिवालय बैठकमा बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि छलफल गर्ने बुधबारलाई बैठक तय भएको थियो । आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो प्रस्ताव पेश गर्ने जानकारी बैठकलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयाे ।

    अध्यक्ष ओलीको प्रस्ताव र यसअघि नै सचिवालयमा पेश भएका दस्तावेजहरु समेतलाई लिएर १३ गते बस्ने सचिवालयको बैठकमा छलफल हुने भएको छ ।