गण्डकीमा सोमबार : १ सय २५ संक्रमित थपिदा १ सय ६७ निको
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा सोमबार : १ सय २५ संक्रमित थपिदा १ सय ६७ निको

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दुलेगौँडा : पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ५ सय ५६ जनाको पिसीआर परिक्षण गरिएको छ । तीमध्ये १ सय २९ जनाको रिपोर्ट पोजेटिभ र ४ सय २७ जनको नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यो संगै गण्डकी मा कोरोना संक्रमितको कुल संख्या ११ हजार १ सय ९ पुगेको छ ।


    सोमबार प्रदेश राजधानी रहेको कास्कीमा मात्र ४७ जना संक्रमित थपिए । नवलपुरमा २६, गोरखामा २३, तनहुँमा १३, पर्वतमा ६, म्याग्दीमा र स्याङजामा ५÷५, बाग्लुङ र लमजुङमा २÷२ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । मनाङ र मुस्ताङमा भने संक्रमित थर्पिएनन् ।


    पछिल्लो २४ घण्टामा प्रदेशमा १ सय ६७ जनाले कोरोनालाई परास्त गरेका छन् । योसंगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार ३ सय ९८ पुगेको छ । कुल १ सय ४१ ज्ना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।


    हाल गण्डकी प्रदेशमा सक्रिय संक्रमित ४ हजार ६ सय ५१ जनामध्ये ३ हजार ६ सय ९८ होम आईसोलेसनमा छन् ।