तनहुँ : तनहुँको व्यास नगरपालिका-१० डिहीगाउँमा टेन्टमुनि सुतेका एक पुरुषको मृत्यु भएको छ । विगत १०/१२ वर्षदेखि सोही ठाउँमा काम गरिखाने अन्दाजी ४०/४५ वर्षीय पुरुषको मङ्गलबार मृत्यु भएको हो ।
ती पुरुषको नामथर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान थालिएको छ ।