तनहुँ घटनाबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँ घटनाबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०७७, शुक्रबार

    काठमाडौ : नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसोका लागि पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुने गरी बैठक बोलाउनुभएको हो ।

    ‘आज दिउँसो २ बजे सभापतिज्यूको निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक छ,’ कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भन्नुभयो, ‘वरिष्ठ नेतामाथि तनहुँमा प्रहरी, प्रशासन र सरकारले गरेको दुर्व्यवहारलगायत विषयमा छलफल हुन्छ।’

    तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिई तीन घण्टा राखेको थियो। पौडेल व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न पु्ग्नुभएको थियो । पुल उद्घाटनको विषय विवादित बनेको थियो।

    निषेधाज्ञाबीच पौडेल पुल उद्घाटन गर्न गएपछि प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसले विरोध गरेको थियो।